२२ माघ ,काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति ( रास्वापा ) रवि लामिछानेले आफूलाई पासपोट केसमा फसाइनेमा आफू विश्वस्त रहेको बताएका छन् ।

रविले भने मा गृहमन्त्री हुँदा त आफूले केही गर्न नसकेको भन्दै अव बाहिर निस्केपछि पनि के गर्न सक्छु र ? भन्दै प्रश्न गरे । बाहिर आएपछि त के गर्नसक्छु र ? गृह मन्त्रालयमा पदलोलुपताका लागि म गएको होइन । १२ वर्ष खटेको मान्छेलाई १२ मिनेटमा काम हुनेगरी गर्‍यो त्यसकारण म गृहमा जान खोजेको हो’, उनले भने, ‘प्रहरी र सिडिओ आफ्ना मान्छे राख्नुपर्छ भनेर मिडिया मालिकहरू दौडने गरेको र मालिकले अहएको धेरै पत्रकारले मान्ने गरेको समेत बताए ।

आइतबार पत्रकार सम्मेलन गर्दै मिडिया सञ्चालक र पत्रकारहरूप्रति आक्रोशित बनेका लामिछानेले पार्सपोर्टमा फसाउने प्रयास भैरहेको बताएका छन् । लामिछानेले भने ‘पार्सपोर्टमा फसाउन सकिन्छ भनेर १२ भाइ मिलिसकेका छन् । यसलाई हटाइसकेपछि भनेर । अव दुख पर्‍यो भनेपनि म रेडी छु । तयार छु, फसाउनुहोला, आफ्नो मुद्दा आफै लड्छु’, ।

उनले आफू जेल परेपनि र मरेपनि आफ्नो पार्टी अघि बढ्ने दाबी गरे । उनले आफ्नो मुद्दाका दिन रामेश्वर थापा कहाँ कहाँ कुन न्यायाधीशकोमा जानुभयो भन्ने आफूलाई सबै थाहा भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here