रौतहट, १५ माघ ।
भारतीय महावाणिज्य दुतावास विरगंजका प्रमुख नितेश कुमारले नेपाल भारत बिचको सम्बन्ध अटुट, मैत्रीपूर्ण, सुमधुर एवं बहुयायमिक रहेको बताए । भारतको ७४ औं गणतन्त्र दिवशको उपलक्ष्यमा नेपाल भारत मैत्री संघद्धारा “नेपाल भारत मैत्री सम्बन्ध” एक दिवसीय विचार गोष्ठी आईतवार रौतहट सदरमुकाम गौरमा आयोजित कार्यक्रममा महाबाणिज्यदूत कुमारले उक्त कुरा बताएको हो । नेपालको विकास निर्माण देखि लिएर धार्मिक, साँस्कृति, भौगोलिक लगायतका हरेक क्षेत्रमा भारतले हर सम्भव मित्रव्रत सहयोग गरिरहेको चर्चा गर्दै यी सबै नेपाल भारत विच सदियौं देखि कायम रहेको अटुट र मैत्री सम्बन्धको उपज रहेको स्पष्ट पारे । शिक्षा, स्वास्थ्य, सडक, सिंचाई, खानेपानी लगायतका विविध क्षेत्रमा सहयोग गरेर नेपाललाई विकसित राष्ट्रको सुचीमा पुर्याउन भारत कटिबद्ध रहेको बताए । आउदो समयमा पनि मधेश प्रदेशमा महावाणिज्यदूतावास मार्फत हुने सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपाल भारत मैत्री संघ रौतहटका अध्यक्ष गृषनन्दन सिंहको अध्यक्षमा सम्पन्न यक्त कार्यक्रममा समाजसेवी डा। नन्दकिशोर झा, उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जयसवाल, रेडक्रशका अध्यक्ष राजकिशोर यादव, राजनीतिकर्मी अनिल सिंह, श्रीराम यादव, सत्येन्द्र सिंह, नेपाल भारत मैत्री संघ मधेश प्रदेशका अध्यक्ष रणधिर सिंह, नेपाल पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झा, प्रभातकुमार झा, नेत्र ज्योती संघका अध्यक्ष विजय सिंह लगायतका वक्ताहरुले नेपाल भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन सबैले आ आफना स्तरबाट यथोचित पहलकदमी गर्नुपर्ने बताए ।







