१५ माघ ,काठमाडौँ ।

नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रिय सदस्यहरुले नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामाको माग गरेका छन् ।

क्यानका केन्द्रिय सदस्यहरु ऋषिराम गौतम, दाउन अन्सारी, सञ्जयराज सिंह, करण महतरा क्षेत्री, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले आईतवार पत्रकार सम्मलेन कार्यसम्पादन समितिमा रहेका अध्यक्ष चतुरबहादुर चन्द, कार्यबाहक सचिव प्रशान्त मल्ल, कोषाध्यक्ष रोशन सिंह र केन्द्रिय सदस्य दुर्गाराज पाठक र पदक खड्कालाई राजीनामा दिन माग गरेका हुन् । केन्द्रिय सदस्य मध्यका छुम्बी लामाले गैरकानूनी काम गरेको क्यान नेतृत्वले गल्ती भयो भन्दैमा उम्किन नपाउने र सम्झौता गलत भएको दाबी गर्नुभयो । गलत तरिकाले गरिएको सम्झौताका कारण उदिययमान खेलाडी सिआईबीको हतकडीमा पर्नुमा क्यान नेतृत्व दोषी रहेको लामाले बताउनु भयो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयमा आयोजना भएको टी–२० लिग प्रतियोगितामा क्यानसँग सम्झौता गरेको रणनीतिक र व्यावसायिक साझेदार कम्पनी सेभेन थ्री स्पोट्र्सकै प्रमुख स्पट फिक्सिङमा संलग्न हुनु दुखद् रहेको भन्दै कार्यसम्पादन समिति दोषी रहेको आरोप लगाएका छन् । उनीहरुले लिगको साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्रिकेटको क्यान नेतृत्व भएको र महत्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समिति नै यसको जिम्मेवार हुनुपर्ने पत्रकार सम्मेलनमा उपस्थित एक सदस्य ऋषिराम गौतमले बताउनु भयो । उनीहरुले स्पट फिक्सिङ हुँदा संस्था बिरलै प्रत्यक्ष रुपमा संलग्न हुने गरेको तर साझेदार कम्पनी नै फिक्सिङमा संलग्न भएको भन्दै क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न नमिल्ने गौतमले बताउनु भयो । नेपाल क्रिकेट संघ भित्र अवाञ्छित विधान विपरित काम गर्ने र नेपाल क्रिकेट संघलाई डुबाउने नेतृत्वलाई बर्खास्ती र कारबाहीको माग गरेका हुन् ।

सम्झौतामाथि टिप्पणी गर्दै आफूहरुले दुर्घटना हुने भन्दै सचेत गराउँदा पनि कार्यसम्पादन समितिले नेपाल टी–२० लिगको आयोजनाका लागि रणनैतिक र व्यावसायिक साझेदारका रुपमा भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँग सम्झौता गरेर गल्ती गरेको नेपाल क्रिकेट संघका केन्द्रिय सदस्य सञ्जयराज सिंहले बताउनु भयो । उहाँले नेतृत्वलाई बारम्बार सचेत गराउँदा समेत नेतुत्वले अ‍ेटरी गरेको आरोप लगाउनु भयो । आगामी दिनमा यस्तो नजिर नबस्नका लागि कारबाही हुनुपर्ने माग गर्नुभयो ।

पुस ९ गतेबाट २७ गतेसम्म आयोजना भएको प्रतियोगितामा खेलाडीले पारिश्रमिक नपाएको र फिक्सिङका लागि अप्रोच आएको सहभागि खेलाडीले नै बताएका थिए । खेलाडीको सो अभिव्यक्तिपछि लिगमा विवाद बाहिरिएको थियो । सो घटनाक्रमपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल लिगमा स्पट फिक्सिङ भएको निस्कर्ष निकालेको थियो । प्रारम्भिक अनुसन्धानपछि सिआइबीले
पूर्व राष्ट्रिय खेलाडी महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदील अन्सारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here