माघ ,८ काठमाडौँ ।
पर्साको बहुदरमाई नगरपालिकाले मधेश विश्वविद्यालयको लागि सरकारी जग्गा उपलब्ध गराउने सरोकारवालाको बैठकबाट निर्णय गरेको छ ।बहुदरामाई नगरपालिका वडा नम्बर ३ बैरियाविर्तास्थित बहुदरामाई मन्दिरको वरीपरी रहेको एैलानी जग्गा मधेश विश्वविद्यालयको लागि उपलब्ध गराउने शनिवार बसेको बैठकबाट निर्णय गरेको भन्ने मधेश विश्वविद्यालयका उपकूलपति प्राध्यापक डा. दीपक शाक्यले जानकारी दिए । विस्वोविधालय शाखा संचालनका लागि २५ देखि ३० बिगहा क्षेत्रफल जग्गा उपलब्धि गराएने सहमति भयको उपकुलपति डा दीपक शाक्यले बताए ।
बहुदरमाई नगरपालिका वडा नं २ स्थित पिपरा टोलमा रहेका जग्गा उपयुक्त रहेको भन्दै शाक्यले एउटा शाखा सन्चालनका लागि चाडैनै प्रकृया पुरा गरि काम अगाडी बढाउने बताए ।बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिंगासन साह तेली को अध्यक्षतामा बोलाइएको सर्वदलिय बैठकबाट मधेस विश्वविद्यालयको शाखा सन्चालनका लागि सहमति भएको वडा नंबर २ अध्यक्ष जितेन्द्र पटेलले बताउनु भयो । साथै शाक्य ले जग्गा उपलब्ध गराएकोमा नगरका स्थानीयप्रति पनि आभार व्यक्त गरेका छन् ।
मधेश विश्वविद्यालयको स्थापना हुने भएकोले बहुदरमाइ नगरवशीका लागि आत्यंत कायापलट हुने विश्वासका साथनगरपालिका र उपकुलपति डा दीपक शाक्यले नै विकास र समृद्धीको ढोका खोलेको दावी गरेका छन् । बैठकमा पर्सा क्षेत्र नम्बर २ का प्रदेश सभा सदस्य श्याम पटेल, नेकपा एमालेका नेता शिव पटेल, जनता समाजवादी पार्टी (जसपा) पर्साका सचिव तबरेज अहमद ,यस्थानिय नगरवशी , नगरपालिका क नगरप्रमुख लगायतको उपस्थितीमा सो निरणय भएको थियो।








