काठमाडौं २४ पुस ।
निर्मला कुर्मीको न्यायका लागि माईतीघर मण्डलमा बिरोध प्रदर्शन भएको छ । आईतवार महिला अधिकारकर्मीहरुले माईतीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकार खोज्दै बिरोध प्रदर्शन गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा
उनीहरुले महिला राष्ट्रपति भएको देशमा महिलाकै दुरावस्था, राष्ट्रपतिज्यु महिलाहरु सुरक्षित हुने कहिले रु महिलाको बाँच्न पाउने अधिकार खोई, के महिला एकल हुनु पाप हो रु लगायतका प्लोकार्ड बोकेर सांकेतिक बिरोध जनाएका थिए ।
बिरोध कार्यक्रममा बोल्दै डा। गोविन्द केसीले अपराधीलाई कारबाही गर्ने भनेको १ वर्ष बितिसक्दासमेत सरकारले अपराधिलाई अनुसन्धानको कठघरामा समेत उभ्याउन नसकेको बताउनु भयो । उहाँले सरकारले अपराधीलाई कारबाही गर्नुपर्ने ठाउँमा उल्टै सांसद बनाएर राखेको बताउनु भयो । उहाँले देशमा अपराधिको स्थान कहाँ हो भन्दै सरकारसँग प्रश्नसमेत गर्नुभयो । डा। केसीले राजनीति शुद्धिकरण हुनुपर्नेमा भ्रष्टिकरण र अपराधिकरण भइरहेको बताउनु भयो । उहाँले
राजनीति अपराधिहरुले चलाउने ठाउँ भएको बताउनु भयो । बिरोध प्रदर्शनमा महिला अधिकारकर्मी रुबी खानले सरकार आफूले गरेका वाचा र प्रतिवद्धताबाट बारम्बार पछि हटिरहेको बताउनु भयो । उहाँले अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन आग्रह गर्नुभयो । आन्दोलनकारी महिला अधिकारकर्मीहरुले सरकारले निर्मला कुर्मीका अपराधीलाई
कारबाही नगरेसम्म आफ्नो आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् । उनीहरुले आज ९आईतवार० र्मातीघर मण्डलामा लालटिन बालेर सांकेतिक रुपमा सरकारको खोजि गरेका थिए । अपहरण तथा शरीर बन्धक गरी हत्यासम्बन्धी घटना छानबिन गर्न सरकारले बनाएको छानबिन समितिले आरोपितहरुलाई तत्काल पक्राउ गरी अनुसन्धान गर्न सरकारलाई प्रतिवेदन बुझाएको थियो । तर प्रहरीले घटनाका मुख्य अभियुक्त कांग्रेसका नेता तथा पूर्वबदशाह कुर्मीलाई प्रहरीले पक्राउ गरेको छैन ।







