काठमाडौं ६ पुस  ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको छ । बुधवार नेपाल टे«ड युनियन काँग्रेसले ललितपुरमा आयोजना गरेको कार्यक्रमा बोल्दै मन्त्री बडूले उद्योग क्षेत्रमा देखिएका नीतिगत तथा अन्य समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभएको हो । उहाँले पछिल्लो समय मुलुकको अर्थतन्त्र सुधार गर्न समस्या भएको बताउनु भयो । उहाँले सरकारले मुलुकको आयात तथा निर्यातलाई सन्तुलनमा ल्याउन कोशिस गरिरहेको बताउनु भयो । उहाँले मुलुक भित्र नै औद्योगिक वातावरण बनाएर रोजगारी र उत्पादन बढाउन आवश्यक रहेको बताउनु भयो । मन्त्री बडूले पछिल्लो समय नेपालमा आन्तरिक तथा वैदेशिक लगानी कम मात्रामा
आएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here