काठमाडौं ३ पुस ।
नेपाली काँग्रेसकी केन्द्रिय सदस्य तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य आरजु राणा देउवाले शेरबहादुर देउवा नै आगामी प्रधानमन्त्री बन्ने दाबी गर्नुभएको छ । आईतवार निर्वाचन आयोगबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र
लिएसँगै सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उहाँले आगामी प्रधानमन्त्री शेरबहादुर देउवा नै बन्ने दाबी गर्नुभएको हो । संसदीय प्रणालीमा संख्याको खेल हुने भन्दै उहाँले देउवासँग सांसदहरुको धेरै संख्या रहेको बताउनु भयो । उहाँले ठूलो दल पनि नेपाली काँग्रेस भएकाले प्रधानमन्त्रीमा स्वभाविक रुपमा देउवा हुने उल्लेख गर्नुभयो । उहाँले पार्टीका अन्य नेताहरुले संसदीय दलको नेतामा आकांक्षा राख्नु स्वभाविक भएको बताउनु भयो । उहाँले विगतमा देउवा नेतृत्वको सरकारले धेरै परिवर्तन गरेको पनि बताउनु भयो ।








