काठमाडौं २ पुस ।
नेपालका प्रथम राष्ट्रपति डा। रामवरण यादवले सरकारले प्रेस स्वतन्त्रतामाथि संकुचन गर्न खोजिरहेको बताउनुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्रथम राष्ट्रपति यादवले सञ्चारमाध्यमलाई लेख्न स्वतन्त्रता हुनुपर्ने बताउनु भयो । उहाँले पछिल्लो समय नेपालमा लेख्ने स्वतन्त्रतामाथि विभिन्न
कानून बनाएर संकुचन गर्न खोजिरहेको आरोप लगाउनु भयो । उहाँले सरकारले गलत काम गरेको खण्डमा त्यसकाबिरुद्ध लडेर भएपनि अधिकार प्राप्त गर्नुपर्ने बताउनु भयो । उहाँले आगामी बन्ने नयाँ सरकारले ज्ञान, बुद्धि र विवेकको
प्रयोग गरेर काम गर्न सुझाव दिनुभयो । प्रथम राष्ट्रपति यादवले म्यानमारमा लोकतन्त्रको पक्षको आन्दोलनमा नेपालले कुनैपनि समर्थन नगरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले नेपालले बर्मामा रहेका नेपालीहरुको स्वतन्त्रताका लागि
सरकार र राजनीतिक दलहरुले आवाज उठाउन जरुरी रहेको बताउनु भयो । प्रथम राष्ट्रपति यादवले म्यानमारको लोकतन्त्रको लडाईंमा नेपाल सरकार, राजनीतिक दल र पत्रकार महासंघ लगायत संघसंस्थाले कुनै आवाज नउठाएकोप्रति
दुःख व्यक्त गर्नुभयो ।








