२०७९ मंसिर १६ गते । हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया
सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम
प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम
सामान्यतया सफा रहनेछ । आज राति सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका
पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
आगामी २४ घण्टामा तराई भू–भागमा हुस्सु÷कुहिरो लाग्ने तथा देशका अधिकांश
भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट
बच्न आवश्यक सावधानी अपनाउनु हुन अनुरोध छ ।







