kf]v/f, @) dªl;/ . k|b]z;ef ;lrjfno u08sL k|b]zsf] cfof]hgf / ;+;b ;xof]u kl/of]hgf ;+o'Qm /fi6«;+3Lo ljsf; sfo{qmdsf] ;xsfo{df kf]v/fdf z'qmaf/b]lv ;'? b'O{ lbj;Lo cGt/;ef cg'ej cfbfgk|bfg tyf cGtlqm{ofdf dGtJo JoQm ub}{ /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . t:jL/ M xl/ af:tf]nf÷/f;;

काठमाडौं  २ मंसिर, ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न निर्वाचनबाट देशलाई सबै क्षेत्रमा आत्मनिर्भर बनाउने नेतृत्वको चयन गर्नुपर्ने बताउनुभएको छ । बिहीवार ललितपुरमा भएको चिनियाँ नयाँ नेतृत्वले नेपाल र विश्व सम्बन्धमा पार्ने प्रभावबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले भविष्यको नेतृत्व चयन गर्दा सधैँ विदेशीबाट ऋण लिएर राज्य सञ्चालन गर्ने नभइ देशलाई आत्मनिर्भर बनाउँछु भन्ने नेतृत्वको चयन गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले आसन्न निर्वाचनबाट नेतृत्व चयन गर्दा अहिले भएका मध्येबाट राम्रो उम्मेदवारहरुलाई
जिताउन आवश्यक रहेको बताउनु भयो । उहाँले राजनीतिमा लागेका नयाँ युवा पुस्ताहरुले आफ्नो हस्तक्षेपकारी भुमिका निर्वाह गर्न ठोस एजेण्डासहित आउन जरुरी रहेको बताउनु भयो । अध्यक्ष तिमिल्सिनाले नेतृत्वले गरेका कामबाट विश्वले नेपालको नाम लिनसक्ने बनाउन सक्षम नेतृत्वलाई जिताउन आवश्यक भएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here