रौतहट, १० कार्तिक ।
रौतहट क्षेत्र नं.१ का स्वतन्त्र उम्मेदवार रेबन्त झाले आफनो उम्मेवारी फिर्ता लिदै माधव नेपाललाई समर्थन गरेको छ ।
आफना सहयोगी बाबुलाल साह र योगेन्द्र यादवले सहयोग गर्ने प्रतिब्धता जनाए पनि कुनै सहयोग सहकार्य नगरेको भन्दै जसपाका केन्द्रिय सदस्य समेत रहेको रौतहट क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार झा आफ्नो उम्मेदवारी फिर्ता लिदै माधब नेपाललार्इ समर्थन गरेका छन् ।
आफनै निवास गौरमा बिहीबार विहान उम्मेदवार झाले जसपा समेत त्याग गर्दै नेकपा एसमा प्रवेश गरे पछि उने नेकपा एसका अध्यक्ष एवम रौतहट क्षेत्र नं.१ उम्मेदवार माधव कुमार नेपाललाई जिताउन पूर्ण सहयोग गर्ने बताउएका छन् । उनी जसपा प्रवेश गर्नु पुर्व माधव नेपाल रहेको पार्टी एमालेमा नै लामो समय कार्य गरेका थिए ।








