रौतहट,१५,असोज  ।

दशैँको आज छैठौँ दिन कात्यायनी देवीको पूजा आराधना गरिदैँछ । अश्विनको शुक्ल प्रतिपदाको दिन घटस्थापना गरि देवी दुर्गाको नौँ रुपको पूजा आराधना गरिने गरिन्छ । आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिन्छ । कात्यायनको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले उनलाई पुत्रीको रूपमा जन्म लिने वचन दिएकी थिइन् । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न भइन् । यिनै कात्यायन ऋषिद्वारा पूजित भएकीले यिनको नाम कात्यायनी भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here