काठमाडौं,८,असोज  ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उहाँले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गर्नुभएको हो । उहाँले गठबन्धनले भविष्यको प्रधानमन्त्री को हो भनेर समेत भन्न नसक्ने दाबी गर्नुभयो । उहाँले नेपाल लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता
नरहेको जिकिर गर्नुभयो । उहाँले जति धेरै राजनीतिक दलहरु भए त्यति नै धेरै नीतिगत विचलन, राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता हुने उल्लेख गर्दै नेकपा एमाले मुलुकलाई त्यसबाट मुक्त गर्न मुलुकलाई राजनीतिक ध्रुवीकरणको
दिशाबाट अघि बढाएर बलियो राष्ट्रिय शक्ति बनाउनेतर्फ लागेको बताउनु भयो । महासचिव पोखरेलले ध्रुवीकरणलाई रोक्न र राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्नको लागि ५ दलीय गठबन्धन अघि बढीरहेको आरोप लगाउनु भयो ।
उहाँले ५ दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो रु घोषणा गर्नका लागि आह्वान गर्नुभयो । उहाँले ५ दलीय गठबन्धन आफ्नो उद्देश्य प्रश्तुत गर्ने सामाथ्र्य नभएको बताउनु भयो । महासचिव पोखरेलले अब मुलुकलाई नयाँ बाटोमा लैजानुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले नेकपा एमालेको बिरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको
भन्दै गठबन्धनले गरेको घेराबन्दी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि नभएको जिकिर गर्नुभयो ।
महासचिव पोखरेलले देश केपी ओलीको नेतृत्वमा अघि बढ्ने हो वा शेरबहादुर देउवाको नेतृत्वमा अघि बढ्छ भन्नेकुरा आगामी मंसिर ४ गते जनमतसंग्रह हुने बताउनु भयो । महासचिव पोखरेलले नेपाली काँग्रेसलाई देशको यथास्थितिको
प्रतिनिधिमुलक पात्र भएको आरोप लगाउनु भयो । उहाँले नेपाली काँग्रेसको नेतृत्वमा परिवर्तन र समृद्धिको अपेक्षा गर्न नसकिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here