काठमाडौं,८,असोज  ।

प्लस टू फाइभ के रनको उपाधि नेपाल पुलिस क्लवका नागेश्वर अहिर र श्री गंगा मावि जुम्लाकी राममाया बुढाले जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिवार आयोजित प्रतियोगितामा नागेश्वरले पुरुष र राममायाले महिलातर्फको उपाधि जितेका हुन् । पुरुषतर्फको उपाधि जित्ने क्रममा नागेश्वरले ५ किमिको दूरी १५ मिनेट १५।१ सकेण्डमा पूरा गरे ।
पुलिसकै सन्तोष नाथ योगी १५ मिनेट २४।५ सेकेण्डको समय निकाल्दै दोस्रो भए । श्री रत्नचौडनेश्वर माविका प्रकाश कठायत १५ मिनेट ३४।८ सेकेण्डको समय निकाल्दै तेस्रो भए । पुरुषतर्फ सञ्जय नेपाली चौथो, विश्वराम कुँवर पाँचौ र
किरण लिम्बू छैटौं भए । मिङमार सिंगी तामाङ सातौं, अर्जुन राई आठौं, आशिष कुवर नवौं र अभिराज राई दशौँ स्थानमा रहे । महिलातर्फको उपाधि जित्ने क्रममा राममायाले १९ मिनेट १८।३ सेकेण्डमा दूरी पूरा गरिन् । एनआरएस स्पोर्ट्स फाउन्डेसनकी अञ्जु खड्का १९ मिनेट ५८।८ सेकेण्डको समय निकाल्दै दोस्रो भईन् । ओहारा कार्कीले २० मिनेट १८।४ सेकेण्डमा दूरी पूरा गर्दै तेस्रो स्थान हासिल गरिन् । यस्तै सरस्वती बोहरा, सोनु घतानी,अनुजा कार्की, सरिता रम्तेल, रेस्टिना सिटीखु, शेर्बी महर्जन र उर्जा मधिकर्मी क्रमशः चौथोदेखि दशौँ स्थानमा रहे । दुवै विधाको विजेताले ट्रफी, मेडलसहित ५० हजार रुपैयाँ, दोस्रोले ३० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गरे । यस्तै चौथोले १० हजार, पाँचौले ५ हजार र छैटौंदेखि दशौंसम्म स्थान हासिल गर्ने खेलाडीलाई जनही २ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्
। यस्तै प्रतियोगितामा सहभागी हुने सबै खेलाडीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उमेर समूहको एथलेटिक्सका खेलाडीलाई लक्षित गर्दै आयोजना गरिएको प्रतियोगितामा करिव २ सय ५० खेलाडीले सहभागिता जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here