काठमाडौं,७,असोज ।

अर्थमन्त्री जनार्दन शर्माले बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गर्ने प्रणालीको अन्त्य गर्ने बताउनुभएको छ ।  बिहीवार नाडा एक्स्पो–२०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताउनुभएको हो । उहाँले जुन देशमा बैंकमा पैसा राखेर १४ प्रतिशत वा १५ प्रतिशत आम्दानी गरिन्छ त्यो देशमा देशमा उत्पादन  सम्भव नभएको बताउनु भयो । उहाँले बैंकमा पैसा राखेर ब्याज खाने समस्याको हल हुनुपर्ने बताउनु भयो । अर्थमन्त्री शर्माले जग्गामा लगाउँदा आम्दानी हुन्छ भने किन उत्पादनमा लगाउने भन्नाले उत्पादन वृद्धि हुन नसकेको बताउनु भयो ।
उहाँले अब बैंक तथा वित्तीय संस्था र व्यवसायीहरुले उत्पादन क्षेत्रका लागि विशेष प्राथमिकता दिनुपर्ने बताउनु भयो । उहाँले मुलुकको अर्थतन्त्र बलियो बनाउनका लागि सबै अघि बढ्नुको विकल्प नभएको बताउनु भयो । मन्त्री शर्माले अब नेपालमा नै विद्युतीय गाडीहरु बनाउनुपर्ने बताउनु भयो ।उहाँले उद्योगी व्यवसायीहरुले नेपालमा नै विद्युतीय गाडीहरु बनाउने उद्योग चलाए उद्योगको लागि ब्याजमा, बिजुलीमा वा भन्सारमा सहयोग गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले नेपालमा नै एसेम्बल उद्योग स्थापना गर्ने व्यसायीलाई सरकारको नीति तथा कार्यक्रमले सहुलियत दिने स्पष्ट पारेको
बताउनु भयो । उहाँले सवारी साधन उत्पादन गर्ने, एसेम्बल गर्ने नयाँ उद्योगहरुहरुलाई छुटको व्यवस्था दिइएको बताउनु भयो । मन्त्री शर्माले चार पाङ्ग्रे गाडी उत्पादन गर्ने उद्योग स्थापना भएमा ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताउनु भयो । बिहीवारदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी शुरु भएको छ । प्रदर्शनीमा ९ वटा ब्राण्डका विद्युतीय कार र १६ वटा ब्राण्डका विद्युतीय स्कुटर तथा बाइकले सहभागिता जनाएका छन् । धेरै जसो
कम्पनीहरुले नयाँ स्कुटर तथा बाइकहरु मात्र सार्वजनिक गर्ने योजना बनाएका छन् । स्टल निर्माण तथा बुकिङको लागि कम्पनीहरुले २० लाखदेखि ३० लाख रुपैयाँसम्म खर्च गरेका छन् । इभी सवारी स्टल राख्ने कम्पनीले नेक्सन इभीमा
बिक्रीमा आकर्षक योजना ल्याएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here