२० भदौ, काठमाडौं ।  महाअभियोग सिफारिस समितिको आजको बयानबारे सांसद विश्वकर्म निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरको महाअभियोग सिफारिस समितिले बयानको लागि बनाएको विधि परिमार्जन गरेको छ । आईतवार समितिले बयान लिने क्रममा नै प्रतिप्रश्न गर्दा समय लामो हुने भएकोले शुरुमा बयान लिने र अन्तिममा एकैपटक आधिकाकरिकतामा आधारित प्रतिप्रश्न गर्ने विधि बनाएको हो । समितिले आज प्रधानन्यायाधीश जबरासँग तेस्रो दनको बयान लिएको छ ।

आजको बैठकमा एक घण्टामा ५ वटा प्रश्नको बयान लिएर बैठक भदौ २५ गतेलाई बोलाइएको नेपाली काँग्रेसका सांसद एवं महाअभियोग सिफारिस समितिका सदस्य मिन विश्वकर्माले बताउनु भयो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आजको बैठकमा न्याय सम्पादनमा प्रधानन्यायाधीशको भुमिका ढिलासुस्ती र न्यायमा विचलन ल्याएको बारे बयान लिएको बताउनु भयो । उहाँले मुद्दा खेपीराखेका रञ्जन कोईरालाको सजाय घटाउने फैसलाका बारेमा पनि समितिले आज बयान लिएको बताउनु भयो । बयानमा प्रधानन्यायाधीश जबराले सकेसम्म चाँडै फैसला सकेको कुरा राख्नुभएको सांसद
विश्वकर्माले बताउनु भयो । सांसद विश्वकर्माले भन्नुभयो, ‘हामीले बैठकको कार्यविधि थोरै संशोधन ग¥यौं ।

२ दिनसम्ममा ६ वटा मात्रै प्रश्नको उत्तर लिँदा यो बयान लिने कुरा धेरै लामो हुने भएको हुनाले यसलाई विधि परिमार्जन ग¥यौं र पहिला सरासर प्रश्न सोध्ने, अन्तिममा उहाँको रेकर्डमा उहाँले हस्ताक्षर गरेको कपी पछि मात्रै आधिकाकरिकतामा आधारित प्रतिप्रश्न गर्ने, भनेर विधि परिवर्तन ग¥यौं । जसका कारण आज एक घण्टामा नै ५ वटा प्रश्न सक्यौँ । ११ वटा प्रश्न सकेका छौँ । आज

छोटो बैठक बस्नुपर्ने भएको कारणले संसद र कार्यव्यवस्थाको बैठकका कारण १ बजे नै अर्को बैठक शुरु हुने भएपछि हामीले बैठक एक घण्टा बसेर सक्यौँ । अर्को बैठक हामी २५ गते १२ः३० बजे बस्दैछौँ । आजको विषय उहाँलाई लागेको
आरोप न्याय सम्पादनमा प्रधानन्यायाधीशको भुमिका जसले न्यायमा विचलन ल्यायो, यसले न्याय सम्पादन प्रणालीमा विचलन ल्याएको हो कि होइन भनेर प्रधानन्यायाधीशको धारणा लियौँ । आजको प्रश्नमा न्यायको विचलन, न्याय
सम्पादनमा देखिएको विचलन, ढिलासुस्तीका कुरा, मुद्दा खेपीराखेका रञ्जन कोईरालाको सजाय घटाउने फैसलाका बारेमा कुराकानी भयो । ढिलो मुद्दाका विषयमा उहाँले सकेसम्म मैले चाँडै गरेको छु, मैले मात्रै गर्ने कुरा होइन भन्नुभयो
।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here