काठमाडौं,४,भदौ ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौंको फोहोर उठाउन
नसक्नु लज्जास्पद रहेको बताउनुभएको छ ।
शुक्रवार काठमाडौंमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा
बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौंको फोहोर
उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताउनुभएको हो । उहाँले यस्तो लज्जित
अवस्थाको अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले फोहोर समस्याको दीर्घकालिन
समाधानका लागि सबै राजनीतिक दलहरुले साझा ढंगले सोच्नुपर्ने बताउनु भयो ।
महामन्त्री शर्माले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ
दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरुको मागको पनि राज्यले सम्बोधन
गर्नुपर्ने बताउनु भयो । शासनहरु बदलिन्छन् ।
राजसंस्थाबाट हामी गणतन्त्रमा पुग्छौँ । यो दलको शासनबाट त्यो दलको शासनमा
पुग्छौँ । दलहरुबाट फेरि स्वतन्त्रमा पनि पुग्छौँ । स्वतन्त्रहरु कहीँ
जिम्मेवारीमा । कहीँ दलहरु जिम्मेवारीमा । तिन तहको सरकार हुँदै गर्दा पनि
बिहान र साँझको गरेर दुई खेपको फोहोर उठाउन नसक्ने अवस्था भनेको लज्जास्पद
कुरा हो । मैले अपील गर्नैपर्छ, भन्नैपर्छ, विहान एक छाकको साँझ एक छाकको
गरेर दुई छाकको सम्म फोहोर उठाउन तीन तीन तहको सरकारले नसक्ने खालको लज्जित
अवस्थाबाट यसलाई अन्त्य गर्नुपर्छ । काठमाडौं जस्तो शहरमा यो फोहोर उठाउने
कुरा र यसको दीर्घकालिन समाधानको बारेमा सबै राजनीतिक दलले साझा ढंगले
सोच्ने कुरा । निर्वाचित भएका महानगरका मेयर बालेनलाई सम्पूर्ण रुपले साथ
दिएर बल पु¥याउने कुरा, अनि त्यहाँ बञ्चरेडाँडाँका नागरिकले मागेका सामान्य
कुराहरुलाई राज्यले नसुन्नुपर्ने, हामी दलहरुले नबुझ्नुपर्ने, तिन तहको
सरकारले सम्बोधन गर्न नपर्ने भन्ने होइन । एकाइसौं शताब्दीमा आँगनको फोहोर
कसरी सफा गर्ने भन्ने विषय होइन । एकाइसौं शताब्दीमा यो विषयलाई सम्बोधन
गर्नलाई हामी जुन तहबाट कमजोरी भइरहेको छ, केन्द्र, प्रदेश चाहेँ स्थानिय
तहबाट यस्तो विषयलाई सम्बोधन गर्नुपर्छ ।उहाँले समस्या समाधानका लागि संघ,प्रदेश र स्थानीय तह सबै जिम्मवार हुनुपर्ने बताउनु भयो ।







