जुम्ला,३२,असार  ।

बिहीबार राति जुम्लाको हिमा गाउँपालिका–१ आचार्यलिहीमा पहिरोले विद्युत गृह भासिदा ज्यान गुमाउने ३ जनाको परिवारलाई गाउँपालिकाले एक लाख रुपैयाँ राहत दिने भएको छ । शनिबार जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, गाउँपालिकाका अध्यक्षसहितको टोलीले पहिरो गएको क्षेत्रको स्थलगत अवलोकन गरेको थियो ।  स्थलगत अवलोकनपछि बसेको गाउँ कार्यपालिकाको बैठकले पीडित परिवारलाई एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको अध्यक्ष शाहीले बताए । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार पीडित परिवारलाई संघीय सरकारले पनि एक लाख रुपैयाँ राहत दिनेछ । बिहीबार राति हिमा गाउँपालिका–१ आचार्यलिहीमा भित्रीखोला लघु जलविद्युत आयोजनामा पहिरो जाँदा विद्युतगृहका अपरेटर गोरखबहादुर शाहीका श्रीमती र ९ र ८ वर्षका दुई छोराको मृत्यु भएको थियो । श्रीमती र छोराको मृत्यु भएपछि अपरेटर रावत बेहोस भएका थिए । उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचार गरी घर फर्किएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here