काठमाडौं,२०,असार  ।

नेपाली काँग्रेसकि सांसद अनिता देवकोटाले विकास बजेटलाई असार मसान्तमा आएर
सक्ने परिपाटीको अन्त्य हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय सभाको सोमबारको बैठकमा विशेष समयमा बोल्दै सांसद देवकोटालेआर्थिक वर्षको अन्त्यमा धमाधम विकास बजेटहरु खर्च गर्न थालिएको बताउनु भयो
। उहाँले वर्षदिनसम्म काम नगरेर बजेट फ्रिज हुने बहानामा असारमा मात्रै
खर्च गर्ने परिपाटीले विकासको गतिलाई तीब्रता दिन नसकिने र दिगो विकास
नहुने भएकाले यस्तो परिपाटीको अन्त्य हुनुपर्ने बताउनु भयो । उहाँले काम
गर्ने अख्तियारी पाउनेले आर्थिक वर्षको शुरुमै समयमै काम गर्न र बजेट खर्च
गर्न पाउने व्यवस्था गर्नसके असारमा मात्रै खर्च गर्ने प्रवृत्ति
निरुत्साहित हुने बताउनु भयो । सांसद देवकोटाले खेतीको सिजनमा पनि मल नपाएकाले किसानहरु चिन्तित रहेको
बताउनु भयो । उहाँले समयमै मल उपलब्ध गराउन सरकारको ध्यान जानु जरुरी रहेको
बताउनु भयो । मल ल्याउने प्रक्रिया लामो भएकाले पनि मल आउन नसकेको उल्लेख
गर्दै उहाँले फास्ट ट्रयाकबाट रासायनिक मल ल्याउनुपर्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here