काठमाडौं,१८,असार ।
वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले नेपालको कर प्रणालीलाई व्यापक
सुधारको आवश्यकता भएको बताउनुभएको छ ।
शुक्रवार आर्थिक पत्रकार समाज नाफिजले आयोजना गरेको‘परिवर्तित राजश्व
नीतिको उपभोक्तामा प्रभाव’ विषय अन्तरक्रियामा बोल्दै अर्थविद् अधिकारीले
यस्तो बताउनुभएको हो । उहाँले नेपालको कर नीति भन्सारमा कर पुगेन भनेर अन्य
वस्तुबाट बढी कर उठाएर रहेको बताउनु भयो । अधिकारीले विगत १० वर्ष देखि
नेपालमा नीतिगत भ्रष्टाचार भइरहेको बताउनु भयो ।
उहाँले भन्नुभयो,‘ एसआई डिउटी भनेको हेल्थ र वातावरणलाई प्रभाव पार्ने
विषयको कन्जब्शनलाई डिसकरेज गराउन लगाउने काम हो । हामीलाई भन्सारमा भ्याट
पुगेन भनेर त्यहाँ लगाइ दिने ? यो क्षेत्रमा पनि हेर्नुपर्ने भएको हुनाले
कमफेण्डसीप ट्याक्स रिफमको आवश्यकता छ । अहिले बजेट मार्फत करको नीति
परिर्वतन भएको छ । व्युरोक्याटिभ र पोलिसी करप्सनको ट्रेन ७ देखि १०
वर्षदेखि नै छ । पोलिसी करप्सन भइरहेको छ । परेको दिन कम्पनीको नाम,
स्वार्थ समूह फलानो हो भन्दिन । तर त्यसको प्रविधि र समूह भन्नसक्छु र दफा
दफामा बसेर छलफल गर्नसक्छु । यति कुरामा खाल गर्न सकिएन भने रेन्टटायर
अर्थतन्त्रमा परिवर्तित भएर गएको छ ।’
अर्थविद् अधिकारीले कर सम्बन्धि नीतिगत भ्रष्टाचारका विषयमा ख्याल गर्न
नसक्दा नेपालको अर्थतन्त्र भाडा लिने अर्थव्यवस्थामा पुगेको दाबी गर्नुभयो
।








