रौतहट,१७,असार ।
विद्यालयलाई शिक्षा मन्दिर भनेर चिन्ने र शिक्षकलाइ भविष्यलाई उज्यालो गर्ने तथा जीवनको लक्ष्यको गन्त्वय सम्म पुर्याउने मार्ग निर्देशक भनेर पनि चिनिन्छ । तर विद्यालय र शिक्षकलाई लिएर विभिन्न किसिमका समाचार सुन्न पाउँदा हाम्रो मन मुटुलाई असाध्यै चोट लाग्ने गर्दछ । रौतहटको गढीमाई नगरपालिको एउटा माध्यमिक विद्यालयमा भएको एउटा नराम्रो गतिविधिको भिडियो समाजिक संजालमा भाइरल भइरहेको छ । रौतहटको गढीमाइ नगरपालिका वडा नं. ७ स्थित श्री माध्मिक विद्यालय धनाडीमा असार १५ गते राष्टिय धान दिवसको दिन दिवस मनाउदा विदालयका प्रधानाध्यापक लगायत २२ जना शिक्षक शिक्षिकाहरु भोज भतेर गर्दै ठूलो साउन्डमा भोजपुरी अश्लििल गीत बजाउदै मनोरञ्जन गरिरहेको दृश्य प्रष्ट भिडियो हेर्न सकिन्छ । यति मात्रैै नभएर विद्यालयमा शिक्षिकाहरुको उपस्थिियतिमा उक्त भोज भतेरमा बियरमा बोतलहरु पनि प्रष्ट रुपमा देख्न सकिन्छ । शिक्षाको स्तरमा रौतहट सधै पछाडि हुँदा पनि विधालय जस्तो संवेदनशिल ठाउँमा यस्ता गतिविधि गर्नेहरु माथि कडा कारवाही गर्न स्थानीय लगायत अभिभावकहरु माग गरेका छन ।






