काठमाडौं,१५,असार ।

कीर्तिपुरको बहुउद्देश्यीय कभर्डहलमा बुधवार भएको दिनको पहिलो खेलमा नेपाल
पुलिस क्लवले परोपकार महिला होस्टेललाई सोझो सेटमा पराजित गर्दै जारी
प्रतियोगितामा लगातार दोस्रो जित निकालेको हो । निकै कमजोर देखिएको परोपकार
नेपाल पुलिस क्लवसँग २५–६, २५–६, २५–११ को सोझो सेटमा पराजित भएको हो ।
लगातार दोस्रो खेलमा पनि जित निकालेको नेपाल पुलिसले दुई खेलबाट ६ अंक
जोडेको छ । यता दोस्रो खेलमा पनि पराजित भएको परोपकार अंकविहीन छ । यसअघि
मंगलवार भएको खेलमा पुलिस न्यु डायमण्ड एकेडेमीले पराजित गर्दै
प्रतियोगितामा विजयी शुरुवात गरेको थियो भने परोपकार सशस्त्र प्रहरी बलको
एपिएफ क्लवसँग सोझो सेटमा हारेको थियो ।
प्रतियोगिता अन्तर्गत बुधवार नै भएको अर्को खेलमा अर्को विभागीय टोली
एपिएफले आयोजक न्यु डायमण्ड एकेडेमीलाई पनि सोझो सेटमा स्तब्ध बनायो ।
पहिलो सेटबाट नै हाबी भएर खेलेको एपिएएफले न्यु डायमण्डलाई २५–१२, २५–२०,
२५–१४ को सेटमा हराएको हो । यस जितसँगै एपिएफले पनि दुई खेलबाट तालिकामा
स्पष्ट अंक जोड्न सफल भएको हो । एपिएफको पनि तालिकामा ६ अंक भएको छ ।
राउण्ड रोविन पद्धतिमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि
प्रतिष्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेताले दुई
लाख ५० हजार, तेस्रो हुनेले एक लाख २५ हजार प्राप्त गर्ने आयोजकले बताएको छ
। यस्तै, चौथो हुने टिमले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै,
व्यक्तिगत विधातर्फको सर्वोत्कृष्ट खेलाडीले २५ हजार र विधागत तर्फको
उत्कृष्टले १० हजार रुपैयाँ पाउनेछन् ।प्रतियोगितामा बिहीवार पनि दुई खेल हुनेछ । दिनको पहिलो खेल परोपकार गल्र्स
होस्टल र आयोजक न्यु डायमण्ड एकेडेमी तथा दोस्रो खेल नेपाल पुलिस क्लव र
एपिएफबीच प्रतिष्पर्धा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here