काठमाडौं,२ ,असार ।
काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो ।अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकापद केस आएको जानकारी दिए ।बिरामीको पिसीआर ल्याब परीक्षण हुँदै छ । बागबजार क्षेत्रमा खानेकुरा (चटपटे) खाएको उहाँहरुले बताउनुभएको छ’, गौतमले अनलाइनखबरसँग भने, ‘एन्टिजेन परीक्षणमा भिब्रिओ कोलरी नाम गरेको ब्याक्टेरिया भेटिएको छ ।’गौतमका अनुसार हैजा पुष्टि भएको र लक्षण देखिएका दुबै जनालाई झाडापखाला भएको छ । बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । उनीहरुलाई अन्तरंग वार्डमा सारेर उपचार गर्ने तयारी छ ।हैजा पानीजन्य सरुवा रोग हो र यो दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा सर्छ । काठमाडौंको फोहोर र दूषित पानीबाट हैजा फैलिने चिकित्सकले बताउँदै आएका छन् । टेकुमा मात्रै पछिल्ला दिनमा दैनिक १० जनाभन्दा बढी झाडापखलाको बिरामी आइरहेका छन् ।








