जेठ २८, काठमाडौँ । महान्यायाधिवक्ता खम्मबहादुर खातीले आम उपभोक्ताको हितका लागि आवश्यक कानुन कार्यान्वयन गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
महान्याधिवक्ता खातीले आम उपभोक्तामाथि बदमासी गर्नेहरुको तथ्य बाहिर ल्याउन सञ्चार माध्यामहरुलाई पनि आग्रह गर्नु भयो । सञ्चार माध्यामहरुले उपभोक्ता हित विपरितका काम गर्नेहरुलाई बाहिर ल्याउन सके उनीहरुमाथि कारबाही गर्न सरकारलाई सहज हुने उहाँको भनाई थियो । नेपाली उपभोक्ता संरक्षण महासंघ, वागमती प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आम उपभोक्ताको हितलाई संविधानले मौलिक हकको रुपमा व्यवस्था गरेको उल्लेख गर्दै त्यसको कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘आम उपभोक्तालाई सचेत गराउने कार्यमा गाउँगाउँमा सचेत गराउने काम गर्न आवश्यक छ । मिडियाहरुले पनि तथ्यपरक ढंगले उपभोक्तामाथि बदमासी गर्नेहरुको पहिचान गर्न म आग्रह गर्दछु । उपभोक्तामाथि बदमासी गर्नेहरुलाई कारबाही हुने कानुन लागू गर्न म सक्दो प्रयास गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’महान्यायाधिवक्ता खातीले आम उपभोक्तालाई आफ्नो अधिकारप्रति सचेत गराउन गाउँगाउँमा अभियाननै संचालन गर्न जरुरी रहेको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here