काठमाडौं,२७,जेठ ।
काठमाडौंको नागार्जुन नगरपालिका–४ बाफलमा टिपरको ठक्करबाट एक जना पैदलयात्री गम्भीर घाइते भएका छन् ।कलंकीबाट बाफल तर्फ जाँदै गरेको बा ४ ख ६२९ नम्बरको टिपरले गएराति पौने १२ बजे अन्दाजी ४० वर्षीय पुरुषलाई ठक्कर दिएको हो ।घाइते भएका ती पुरुषको परिचय नखुलेको र उनलाई उपचारको लागि स्वयम्भुस्थित मनमोहन अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।टिपर चालकलाई प्रहरी वृत्त स्वयम्भुले नियन्त्रणमा लिएको छ ।








