जेठ, २७, काठमाडौं ।नेकपा (माओवादी केन्द्र) का नेता हितबहादुर तामाङले बञ्चरे डाँडा ल्याण्डफिल्डमा फोहोर विर्सजन गर्न अहिलेसम्म १० अर्ब रुपैयाँ लागेको भन्ने कुराको विश्वास गर्न नसक्ने बताउनुभएको छ ।
उहाँले पैसा खर्च भएअनुसार काम नभएको बताउँदै विकसित मुलुकमा भएको प्रविधि ल्याएर वैज्ञानिक ढंगबाट फोहोर व्यवस्थापन गर्नुपर्ने बताउनुभएको हो । उहाँले गन्धरहीत बनाउने कुरा हरेकपल्ट भनिरहनु पने कुरा नभएकोले सरकारले फोहोर व्यवस्थापनको दीर्घकालीन उपाय सोच्न ढिला भइसकेको बताउनु भयो । नेता तामाङले सरकारले फोहोर विसर्जनस्थलको रुपमा अर्को विकल्प खोज्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘पोष्ट क्लोजरको काम गर्ने भनेर पहिल्यैदेखि भनिरहेको कुरा हो । अहिले बञ्चरे डाँडा साइटमा फोहोर विसर्जन गर्दैगर्दा, यो पनि अहिले भनिरहनुपर्ने कुरा हो र ? गन्धरहीत बनाउने कार्यक्रम अहिले पनि सम्झाइरहनु पर्ने हो र ? यहाँ १० अर्ब भन्दा बढी खर्च भइसक्यो रे ? भयो होला, त्यतातिर लगेर यो विषय गिजोल्न खोजेको होइन, तर १० अर्ब संसारका ठूला अरु शहरमा यत्रो महंगो फोहोर व्यवस्थापन अहिलेसम्म भएको होला त ? पक्कै पनि भएको छैन । राज्यले संसारका विकसित मुलुकमा विकास भएका प्रविधिहरुको आयात गरेर ल्याउनु पर्छ । हाम्रो विकल्प त्यतिमात्रै होइन । यसतर्फ सरकार गम्भीर नभएकै हो । व्यवस्थापनमा इमान्दारिता देखाउने हिसावले प्रतिवद्धता जनाउनु पर्छ । काठमाडौंमा देखिएको समस्या समाधानका लागि जन साधारणले पनि सहयोग गर्नुपर्छ । यो भन्दा बढी काठमाडौंमा फोहोर थुप्रिन दिने हो भने संसारले बदनाम सरकार र बदनाम शहर भनेर हामीलाई चिन्छ ।’

 

नेता तामाङले फोहोर व्यवस्थापन गर्ने र व्यवस्थापन केन्द्र आसपास रहेका नागरिकको सुरक्षा र हेरचाहमा सरकार गम्भीर नभएको आरोपसमेत लगाउनु भयो । उहाँले व्यवस्थापनमा इमान्दारिता देखाउने हिसावले प्रतिवद्धता जनाउन पनि सरोकारवाला निकायको ध्यानाकर्षण गर्नुभयो । उहाँले काठमाडौंमा अझै फोहोर थुप्रिन दिने हो भने विश्वले बदनाम सरकार र बदनाम शहर भनेर चिन्ने दाबी गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here