जनकपुर,२५,जेष्ठ ।

नेकपा एमालेका केन्द्रीय सदस्य हरिनारायण महतोलाई पार्टीबाट निष्कासन गरिएको छ ।भर्खर सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टीको हित विपरित कार्य गरेको भन्दै उनलाई पार्टीबाट निष्कासन गरिएको हो । नेकपा एमालेका पूर्व जिल्ला अध्यक्ष तथा मिथिला नगरपालिकाका पूर्व मेयर समेत रहेका हरिनारायणले पार्टीको चुनाव चिन्ह् सुर्य छाप लिएर उम्मेदवारी दिएका उम्मेदवारलाई हराउने गतिविधिमा लागेकाले उनलाई पार्टीबाट निष्कासन गरिएको विशेष सुत्रले जानकारी दिएको छ । यस लगायत नेकपा एमालेले स्थानिय तहको निर्वाचनमा पार्टीको निर्णय विपरित विद्रोह र अन्तरघात गरेको भन्दै प्रदेश कमिटि सदस्य सरोज कुमार मिश्र जनकपुरधाम, जिल्ला कमिटी सदस्य महेन्द्र महतो गणेशमान चारनाथ नगरपालिका र जिल्ला कमिटि सदस्य राजु गुप्तालाई कारवाही गरेको छ ।

त्यसैगरि जिल्ला कमिटि सदस्य रामभरोसी राय विदेह नगरपालिका, जिल्ला कमिटि सदस्य हफिज अन्सारी जनकपुरधाम, जिल्ला कमिटि सदस्य हरिशचन्द्र कामत, जिल्ला कमिटि सदस्य कपिल राय जनकनन्दनी गाँउपालिका, जिल्ला कमिटि सदस्य मनोज यादव मुखियापट्टी मुसहरनिया तथा ईद मोहम्मद साफी जनकपुरधामलाई कारवाही गर्दै पार्टीबाट निष्काशन गरिएको ति विश्वनिय स्रोतले जनाएको छ । उनीहरुलाई कारवाहीका लागि जिल्ला कमिटिले निर्णय गरि प्रदेश कमिटिमा पठाएकोमा जिल्ला कमिटिको सो निर्णय विद्यान सम्वत रहेको भन्दै गत २२ गते नै प्रदेश कमिटिले कारवाहीको सो निर्णय अनुमोदन गरेको स्रोतले जनाएको छ ।स्थानिय तहको निर्वाचनमा एमालेको सुर्य चिन्ह लिएर उम्मेदवार भई चुनाव लडेका उम्मेदवारहरु विरुद्व प्रदेश भरिमै प्रत्यक्ष र अप्रत्यक्ष रुपमा संलग्न अन्य केन्द्रिय सदस्य देखि जिल्ला कमिटी सदस्यहरु समेतको कारवाही प्रक्रिया पनि अन्तिम चरणमा रहेको ति स्रोतले बतायो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here