जेठ २५ ,काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)की सांसद आशाकुमारी विश्वकर्माले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गर्नु भएको छ ।

जनतालाई शान्ति सुरक्षा दिन नसक्ने भन्दै सांसद विश्वकर्माले गृहमन्त्री खाँणको राजीनामा माग गर्नु भएको हो । बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सुर्खेतमा ४ वर्षीया बालिका मृत अवस्थामा भेटिएको, बाँकेको खजुरामा बर्थ डे मनाउन गएकी बालिका ५ जनाको सामूहिक बलात्कारमा परेको घटना टुलुटुलु हेरेर बस्ने काम सरकारले गरेकाले नैतिकताको आधारमा पनि गृहमन्त्री खाँणले राजीनामा दिनुपर्ने तर्क समेत गर्नु भयो सांसद विश्वकर्माले भन्नु भयो, ‘छोरीले जन्म लिनु नै पाप हो त ? दिनानुदिन सुनिनसक्नु, हेरि नसक्नु घटना घटी सकेका छन । हिजो मात्रै सात वर्षीया बालिका ग्रीष्म विक चार दिनको दिन मृत फेला परेकी छन, सुर्खेतमा । स्कुल हिँडेको, पसल हिँडेको बालिका घर फर्कने ग्यारेन्टी छैन । शान्ति सुरक्षाको प्रत्याभूति हुन सकेन । त्यसैगरी बाँकेको खजुरामा बर्थ डे मनाउन गएकी पाँच जनाको सामूहिक बलात्कारमा परेकी छन । यस्तो जघन्य अपराध हुँदा पनि गृहमन्त्री टुलुटुलु हेरेर बस्नु भएको छ । यदि जनताको सुरक्षा दिन नसक्ने, बालिकाको सुरक्षा दिन नसक्ने हो भने गृहमन्त्रीज्यूले नैतिकताको आधारमा पनि राजीनामा दिनुपर्छ । होइन भने शान्ति सुरक्षा कायम गर्नु पर्छ ।’

सांसद विश्वकर्माले बालिका बलात्कारको घटना सुन्न नसकिने गरी बढेको भन्दै त्यस्ता जघन्य अपराध हुन नदिन सरकारलाई सचेत समेत गराउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here