जेष्ठ,२२,बारा ।
बाराको टागियामा निर्माण हुने भनिएको दोस्रो अन्तराष्ट्रिय बिमानस्थल नबानाउन सर्बोच्च अदालतले गरेको फैसला बिरूद्ध बाराको सिमरामा प्रदर्शन भएको छ ।
जितपुरसिमरा सार्वजनिक सरोकार समितिको आयोजनामा भएको बिरोध कार्यक्रम सिमरा चोकबाट सुरू भएर र्याली सहित बजार परिक्रमा गरी मुख्य चोकमा पुगेर कोणसभाम परिणत भएको थियो । कोण सभामा बोल्दै सरोकार समितिका संयोजक मनोज पौडेलले सर्बोच्च अदालतको आदेश बिकास बिरोधी रहेको बताए । एमाले जिल्ला सचिवालय सदस्य समेत रहेका पौडेलले मधेश प्रदेशकै महत्वपूर्ण राष्ट्रिय गौरबको आयोजना बन्न नदिन जारी भएको आदेश डलरे एनजियो बाट परिचालित रहेको समेत बताए । बाताबरणको नाममा बिकाश रोकेर देश समृद्ध हुन नसक्ने जिकिर गरे । टागिया बस्तीलाई उचित व्यवस्थापन गरेर बिमानस्थल बनाउनुको कुनै बिकल्प समेत नरहेको बताए । कार्यक्रममा एमाले मधेश प्रदेश कमिटी सदस्य देव नारायण चौधरी, दिनेश्वर ठाकुर लगायत नेता तथा स्थानीयको सहभागिता रहेको थियो ।








