काठमाडौं,१९, जेठ ।
बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढ्दा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ ।आजका लागि छापावाल सुनको मूल्य ९७ हजार ६०० रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।हिजो छापावाल सुनको मूल्य ९७ हजार २०० र तेजावी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ तथा चाँदीको मूल्य १ हजार २५० रुपैयाँ प्रति तोला थियो ।हिजो सुनको मूल्य तोलामा ८०० र चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको थियो ।







