रौतहट ,१९, जेठ ।

गौर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख शम्भु साहले कृषि विकास बैँक गौर शाखाको नयाँ भवन तथा एटिएमको उद्घाटन गरेका छन् ।रौतहटको गौर नगरपालिकाका नगर प्रमुख (मेयर) शम्भू साहले बिहीबार एक समारोहबीच कृषि विकास बैँक गौर शाखाको नयाँ भवनको उद्घाटन गरेका हुन् ।अगामी दिनमा बैँकले उन्नति र प्रगति गरेसंगै जिल्लाका किसानहरुको समस्या बुझी समयमै काम गर्न सकोस भने आशा र विश्वास समेत मेयर शम्भू साहले गरेको बताए ।त्यसैगरी गत वैशाख ३० गते भएको स्थानीय तहको चुनावबाट रौतहटको गौर नगरपालिकामा नगर प्रमुख (मेयर) को पदमा निर्वाचित भएका शम्भु साहले समग्र नगर विकासका लागि आफू पूर्ण निस्वार्थ भावले लागेको समेत बताए ।अगामी दिनमा नगरवासीले दिगो विकासको अनुभूती गर्ने समेत नवनिर्वाचित साहले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here