जनकपुरधाम,१९, जेष्ठ ।

मधेश प्रदेशको प्रदेशसभा बैठक आज (विहिबार) बस्ने भएको छ ।प्रदेशसभा सचिवालयले करिव डेढ महिनापछि आज बैठक आह्वान गरेको छ । प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले आजबाट नै बजेट अधिवेशन शुरु हुने जानकारी दिए । प्रदेश सभाको ८ औं अधिवेशन अन्त्य भइ आजदेखि ९ औं अधिवेशनको शुरुवात हुनेछ । ९ औं अधिवेशनको पहिलो बैठकमा तीन वटा कार्य सूची राखिएको छ । सभामुख सरोजकुमार यादवले बजेट अधिवेशन सुरु भएको पत्र पढेर सुनाउने, नीति तथा कार्यक्रमको समय तालिका बारे जानकारी गराउने र अन्तिममा एउटा शोक प्रस्ताव कार्य सूचीमा राखिएको छ । मधेश प्रदेशका पूर्व मन्त्री डिम्पल कुमारी झाको निधन सम्बन्धी शोक प्रस्ताव बैठकमा प्रस्तुत गरिनेछ । क्यान्सर रोगबाट गत बैशाख ११ गते उनको निधन भएको थियो । यहीं २१ ग्ते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।गत चैत २९ गते आठौं अधिवेशनको अन्तिम बैठक बसेको थियो । सचिवालयले ५१ दिनपछि प्रदेशसभाको बैठक आज आह्वान गरेको छ । सरकारले यस वर्ष चुनावलक्षित नीति तथा कार्यक्रम ल्याउने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here