काठमाडौ १८ जेठ  ।

संघीय संसदअन्तर्गत आज पनि दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने कार्यतालिका छ । बैठकमा जेठ १५ गते सरकारले प्रश्तुत गरेको आर्थिक वर्ष २०७९÷०८० को बजेटको बारेमा छलफल हुनेछ । बजेटमाथि मंगलवार पनि सांसदहरुले आफ्नो धारणा राखेका छन् । मंगलवार सांसदहरुले बोल्ने क्रम नसकिएकोले त्यसलाई आज पनि निरन्तरता दिइएको हो । सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट ल्याएको छ ।आज विश्व दुध दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । राष्ट्रिय दुग्ध विकास बोर्डले आज सरोकारवाला निकायहरुको उपस्थितिमा विश्व दुध दिवसको अवसरमा कार्यक्रम गर्दैछ । यस वर्ष दीर्घ जीवन, गुणस्तरीय दुध तथा दुगध पदार्थको सेवन भन्ने मुल नारासहित विश्व दुध दिवस मनाइँदैछ । आम नागरिकलाई दुधको चेतना फैलाउने उद्देश्यले कार्यक्रम गर्न लागिएको हो । विश्वमा दुध दिवस २००१ बाट मनाउन थालिए पनि नेपालमा भने सन् २०११ बाट यो दिवस मनाउने गरिएको छ ।

हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो प्रदेश १, वागमती, गण्डकीमा प्रदेश आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश १? वागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा र अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ र हावाहुरीसहित वर्षा हुनेछ । आज राति प्रदेश १, मधेस, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने, बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेस प्रदेशका केही स्थानहरुमा, वागमती र गण्डकी प्रदेशका केही पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुनसक्ने विभागले जनाएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघले आज २७ औँ स्थापना दिवस मनाउँदैछ । सामुदायिक वन उपभोक्ता समूहको अधिकार रक्षार्थ २०५३ साल जेठ १८ गते महासंघको स्थापना भएको थियो । त्यसयता महासंघले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । महासंघले यस वर्षको स्थापना दिवस वनको दिगो व्यवस्थापनका लागि सामुदायिक अधिकार, उद्यमशीलता र सशक्त संगठनको समृद्धिको आधार भन्ने नारासहित मनाउँदैछ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले आज पत्रकार भेटघाट कार्यक्रम गर्दैछ । कार्यक्रममा सरकारले जेठ ९ गते स्वीकृत गरेको भू उपयोग नियमावली तथा मन्त्रालयको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेख भएका विषयहरु लगायतका सम्बन्धमा जानकारी गराइनेछ ।

आज रातो मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल तानिँदै छ । आज दिउँसोको साईतमा रथ तान्न लागिएको हो । आज रथलाई लगनखेलबाट जावलाखेल पु¥याउनसके २१ गते भोटो देखाइनेछ । रथयात्रा गत वैशाख २१ गते पुलचोकबाट शुरु भएको थियो ।नेपाल ओलम्पिक कमिटीको पत्रकार सम्मेलननेपाल ओलम्पिक कमिटीले पत्रकार सम्मेलन गर्दैछ । कमिटीले आज ओलम्पिक दिवसको अवसरमा पत्रकार सम्मेलन गर्न लागेको हो ।नेकपा (क्रान्तिकारी माओवादी) को बिरोध प्रदर्शननेकपा (क्रान्तिकारी माओवादी) ले आज पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेजको माग गर्दै बिरोध प्रदर्शन गर्दैछ । बिरोध प्रदर्शन माईतीघर मण्डलामा दिउँसो हुनेछ । सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर दश रुपैयाँका दरले मूल्यवृद्धि गरेको थियो । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १८०, डिजेल, मट्टितेल १६३, आन्तरिक हवाई इन्धन १६६ र खाना पकाउने तेलको मूल्य प्रतिसिलिण्ड २ सयले बढाएर १८ सय पु¥याएको छ ।नेकपा (माओवादी केन्द्र) ले आज देशभर स्थानीय तहमा निर्वाचित पार्टीका जनप्रतिनिधिहरुसँग अभिमुखीकरण कार्यक्रम गर्दैछ । कार्यक्रममा स्थानीय तहमा नवनिर्वाचित पालिका प्रमुख÷उपप्रमुखहरुसँग अभिमुखीकरण गर्न लागेको हो ।नागरिकता बिहीन नागरिक संघर्ष समितिले भाग २ धारा ११ को ३ र ५ चाँडो कार्यान्वयन गर्नुपर्ने माग गर्दै माईतीघरमा प्रदर्शन गर्दैछन् । उनीहरुले विगतका दिनमा नागरिकता बिहीन हुँदा गुमाएको सुविधाको क्षतिपूर्तिसमेत माग गरेर प्रदर्शन गर्न लागेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here