काठमाडौं १७ जेठ ।। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले आगामि आर्थीक बर्षको बजेट चुनावमुखी भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभामा बजेटमाथिको संद्धान्तिक छलफलमा भाग लिँदै झाले बजेट वितरणमुखी र चुनाव लक्षित रहेको बताए ।

नेता झाले यसपालिको बजेट पनि पुरानै परम्पराको निरन्तरता भएको बताए । उनले बजेमा कुनै नयाँपन नदेखिएको बताए । ‘यो बजेट समग्रमा वितरणमुखी हो । यो बजेट ६ महिना पछाडि हुने निर्वाचनमा कार्यकर्ताहरुलाई इन्गेज गर्न र पैसा बाँड्न बनाइएको बजेट हो’, उनले भने । नेता झाले अर्थमन्त्री शमाृर्ला चुनौती दिएका छन् । झा ले अर्थमन्त्री शर्मा लाई यो बजेट कार्यान्वयन गरेर देखाउन भनेर टिप्पणी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here