काठमाण्डौ, जेठ , १४ । देशका विभिन्न भागमा आज मेघगर्जनसहित वर्षाको सम्भावना रहेको छ । आज दिउँसो प्रदेश १, मधेशप्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू भागमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।महाशाखाले बिहान ६ बजे जारी गरको बुलेटिन अनुसार आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू९भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू भागमा आंशिक बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशको पहाडी भू भागका केहि स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here