काठमाडौं ,जेठ १३, । सल्यानमा यात्रुबहाक बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सल्यानको बागचौर नगरपालिका ९ पातिहाल्नबाट दाङको तुलसीपुर जाँदै गरेको ना ३ ख ३८८४ नम्बरको बस बागचौर नगपालिका २ शारदा खोलामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी सल्यान छत्रेश्वरी गाउँपालिका २ दहखोलाकी २२ वर्षीया अन्जना गिरी, बागचौर नगरपालिका ८ कोटमौलाकी ६३ वर्षीया चम्फा ढकाल, ३८ वर्षीय अजमत कामी, ७५ वर्षीय लिलानाथ योगी र रोल्पा गङ्गादेव गाउँपालिका ३ की ५८ वर्षीया दिलकुमारी खड्का रहेका छन् । घाइतेहरूको बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here