रौतहट, १३ जेठ । जिल्लाको बौधीमाई नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूले शपथ ग्रहण गरेका छन् । बंकुल स्थित सिता पैलेस होटेलमा सपथ ग्रहण कार्यक्रमको आयोजन गरिएको थियो । एक कार्यक्रमा नगरपालिकाका मेयर प्रदिप यादवले उप्रमुख वडा अध्यक्ष तथा सदस्यहरुलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भयो । राष्ट्रिय गान बाट सुरु भएको कार्यक्रममा ज्ञातअज्ञात सहदिहरुको समझनामा एक मिनेट मौन धारण गरिएको थियो । त्यस्तै उक्त पालिकामा निर्वाचित वडा सदस्यहरूलाई पनि शपथ ग्रहण गराएका थिए । कार्यक्रममा बोल्दै नवनिर्वाचित नगर प्रमुख यादवले जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाहन गर्नेमा विश्वस्त पार्नु भयो । साथै कर्मचारीहरु लाइ आफनो कर्तव्यलाइ राम्रो सँग निर्वाह गर्न भन्नु भयो । जनताले आफूलाइ दिएको जिम्मेवारी निर्वाह गर्न २४ सै घण्टा तत्पर रहेको बताउनु भएको थियो । सो अवसरमा राजनीतिक दल, सुरक्षाकर्मी,स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरु, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।







