रौतहट । बौधीमाई नगरपालिकामा मेयर र उपमेयरको पदमा नेकपा एकृकीत समाजवादीकै उम्मेदवार विजयी भएका छन् । रौतहटको बौधीमाई नगरपालिकामा नेकपा एकृकीत समाजवादीका उम्मेदवार प्रदीप यादव र उपमेयरमा प्रमिला देवी निर्वाचित भएकी हुन् । निर्वतमान मेयर जनता समाजवादीबाट दम्मेदवार राजिव रंजन यादवलाइ पराजित गर्दै एकीकृत समाजवादीका यादव विजयी भएका छन् । यादवले १८६ मतको मतान्तरले जित हासिल गरेका हुन् । यादवले ४८१० मत ल्याएर विजयी भएका हुन् ।
यस्तै, उपमेयरमा एसमाजवादीकी प्रमिला देविले ४८९४ मत प्रात गरेकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी सीमा नेसाले ४४८१ मत ल्याएकी छिन् । यो सँगै समाजवादीबाट उम्मेदवारी दिएका जनप्रतिनिधिहरुले जिल्लाको चार पालिकामा जित हासिल गरेका छन् ।








