जिल्लाको शहीदनगर नगरपालिका १ स्थित कुम्भकर्ण प्रावि मतदान केन्द्रमा विवाद भएपछि प्रहरीले हवाई फायर गरेको हो ।मतदान खसाल्ने विषयमा विवाद भएर झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले जानकारी दिए । विवाद भएर केही समय रोकिएको मतदान पुनः सुरु भएको हो ।सुरक्षा निकायले धनुषामा ३ सय २३ वटा मतदानस्थल रहेकोमा १ सय ८३ वटा मतदान स्थललाई अतिसंवेदनशीलको रुपमा वर्गीकरण गरेको छ । जिल्लाको अन्य मतदान स्थलमा सामान्य रुपमा मतदान भइरहेको प्रहरी उपरीक्षक रजौरेले जानकारी दिए ।








