डडेल्धुरा , ३० वैशाख : डडेल्धुराको अजयमेरु गाउँपालिका वडा नम्बर २ स्थित सहस्त्रलिंग माविमा रहेको मतदान केन्द्रमा विवाद भएको छ। भारतमा रहेका व्यक्तिको नामबाट अकैले मत दिन खोेजेपछि विवाद भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। विवादबाट उत्तेजित भिडले मतपेटीमा असर गर्ने कार्य गर्ने प्रयास गरेपछि प्रहरीले हवाइ फायर गरेको छ। 








