सुधा मिश्र

नयाँदिल्ली स्थित नेपाली दुताबासले मिति २०७६/०१/३१ मा “नो अब्जेक्सन सर्टिफिकेट”को सार्वजनिक सुचना जारी गरेको थियो। जारी सुचना अनुसार नयाँ दिल्ली स्थित नेपाली दुताबासले भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकलाई “नो अब्जेक्सन सर्टिफिकेट” अनिवार्य गरेको थियो।

सुचनामा जारी अनुसार भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकले भारतको राजधानी स्थित भारतीय दुताबासमा निवेदन दिनु पर्ने र आवश्यक सबै कागजात बुझाउनु पर्ने स्पष्ट पारिएको थियो ।वैदेशिक रोजगारीका लागि भारत हुँदै तेस्रो मुलुक जाने नेपाली नागरिकलाई वैदेशिक रोजगार विभागबाट जारी श्रम स्वीकृति पनि पेश गर्नु पर्ने अनुरोध पनि गरिएको थियो ।

( सुचना २०७६/०१/३१))

नयाँदिल्ली स्थित नेपाली दुताबासले मिति २०७६/0/0६ मा अर्को “नो अब्जेक्शन सर्टिफिकेट”को सार्वजनिक सुचना जारी गरेको हो।जारी सुचना अनुसार भारतीय अध्यागमन पार गरि साउदी अरेबिया ,कतार, कुवेत ,युनाईटेड अरब इमिरेट्स ,ओमन, बहराइन ,इराक, लिबिया र लेबनान यात्रा गर्ने नेपाली नागरिकहरुलाई भारतीय अध्यागमन पार गर्दा यस राजदुतावासको सिफारिस पत्र (no objection certificate )आवश्यक पर्ने सबैलाई जानकारी गराएको छ।

(सुचना २०७६/०३/०६)

अवैध रुपमा विदेश जाने नेपाली नागरिकको संख्यामा उल्लेखनीय वृद्धि र मानव बेचबिखन र तस्करीको बढ्दो संजाललाई ध्यानमा राखी नेपाल सरकारले सामान्य राहदानी भएका आफ्ना नागरिकलाई साउदी अरेबिया, कतार, लिबिया, लेबनान, ओमान, सउदी अरब इमिरेट्स ,कुवेत ,बहराइन जस्तो देशहरूमा जान प्रतिबंध लगाइएको थियो ।

सोही अनुसार नयाँदिल्ली स्थित नेपाली दुतावासले भारतीय विदेश मन्त्रालय र विमानस्थल प्राधिकरणलाई पत्राचार गरी दुतावासको “नो अब्जेक्शन सर्टिफिकेट” बिना नेपाली नागरिकलाई भारतीय विमानस्थलबाट भनिएको नौ देशमा उडान गर्न नदिन आग्रह गरेको थियो ।

नयाँदिल्ली स्थित नेपाली दुतावासको सुचनाको प्रचारप्रसार र कार्यान्वयन सही रुपमा नभएकोले र धेरै नेपालीलाई उक्त आदेशको जानकारी नभएकोले उनीहरूलाई बोर्डिङको समयमा भारतीय विमानस्थलमा मात्रै जानकारी हुने गरेको छ।

परराष्ट्र मन्त्रालय , नयाँदिल्ली स्थित नेपाल दुतावास र भारतीय विमानस्थल बीच सुचनापत्रको प्रसार र कार्यान्वयन सही ढंगले नभएकैले भारतीय विमानस्थलबाट फर्किनु परेका धेरै नेपालीलाई आर्थिक नोक्सानी र अन्तिम क्षणमा त्रास भोग्नुपरेको देखिएको छ।

मिति २०७६/०३/०६ मा प्रकाशित “नो अब्जेक्सन स्रटिफिकेट” सम्बन्धित सुचना अनुसार भारत हुँदै तेस्रो मुलुक (सउदी अरेबिया , कुवेत , कतार, सउली अरब इमिरेट्स , ओमान,लिबिया ,लेबनान र बहराइन जस्तो नौ वटा मुलुक ) जान मात्रै “नो अब्जेक्सन सर्टिफिकेट” अनिवार्य गरिएको हो। तर सम्बन्धित निकायहरूको उदासीनताले ई नौ मुलुक बाहेक अर्को मुलुकमा पनि भारत हुदै जाँदा भारतीय विमानस्थलले ” नो अब्जेक्सन सर्टिफिकेट” बिना उडान गर्न नदिदा नेपालीलाई अन्तिम क्षणमा आएर सास्ती भोग्नु परेको छ। मिति २०७६/०३/०६ मा प्रकाशित सुचनाको सही कार्यान्वयन तिर सम्बन्धित निकायहरूको ध्यानाकर्षण होस् जसले गर्दा नेपालीले आर्थिक नोक्सानी सँगै त्रास भोग्नु नपरोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here