काठमाडौं,१५,वैशाख।
नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण, भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई भेट्न उनकै निवासमा पुगेका छन् ।खाँणलाई प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले चितवन पठाएका हुन् । बुधबार साँझ जिल्लाका नेताहरुलाई भेटेर छलफल गरेका खाँण बिहीबार बिहान पौडेललाई भेट्न उनकै निवासमा पुगेका हुन् ।त्यसअघि राज्यमन्त्री उमेश श्रेष्ठ पनि बागी उम्मेदवार पौडेललाई भेट्न पुगेका थिए । तर पौडेलले भने उम्मेदवारी फिर्ता नलिने अडान लिएका छन् ।








