जनकपुरधाम, २८ चैत्र ।
मालपोत कार्यलय धनुषाका प्रमुख सुनिल झा ५ लाख रुपैयाँ घुस लिँदै गर्दा पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिवासको टोलीले कार्यालय प्रमुख झालाई जनकपुरधामको भानु चोैकबाट सोमबार बिहान पक्राउ गरेको हो ।
सेवाग्राहीसँग घुस वापत रकम लिँदै गरेका उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कार्यालयका निमित्त प्रमुख गोपालकुमार अधिकारीले जानकारी दिए । प्रमुख झा बारे अन्य विषयबस्तुमा थप अनुसंधान भई रहेको समेत अधिकारीले बताए ।








