१७ चैत, जनकपुरधाम ।
जनकपुरधाममा स्कुल बसको ठक्करले एक जनाको मृत्यु भएके छ ।बिहिवार आज ज्नकपुरधाम उपमहानगरपालिका वडा नं. १४ खाद्य संस्थान नजिक पुष्पबाटिका स्कुलको प्रदेश–२–०३ ००१ख ०५३२ नम्बरको बसले ठकक्र दिँदा क्षिरेश्वरनाथ नगरपालिका १ बस्ने ३५ बर्षीय मनोज लामिछानेको मृत्यु भएको हो ।
घरबाट बा.८०च ९०९४ नम्बरको मोटरसाइकल चढेर जनकपुरधामतर्फ आउँदै गरेका लामिछानेलाई सो बसले खाद्य संस्थानको अगाडि ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्करले उनको घट्नास्थलमै मृत्यु भएको र शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको प्रहरीले जनाएको छ ।ठक्कर दिने बसका चालक फरार भएको छ ।








