काठमाडौं,चैत, १२ ।
पपुवा न्यु गिनीविरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपालले दुवै ओपनरलाई गुमाएको छ ।कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले तीन ओभरभित्र नै दुवै ओपनरलाई गुमाएको हो ।
नेपाली टिमका ओपनर कुशल भुर्तेल प्लाटिनम (रोएल) डक भए । कुशल खेलको पहिलो बलमै आउट भए । खेलको पहिलो इनिङ्सको पहिलो बलमै आउट हुने खेलाडीलाई रोएल डक भनिन्छ ।पीएनजीका अलेइ नाओको बलमा लेगा सिएकाले कुशललाई सर्ट लेगमा क्याचआउट गराएका हुन् ।यस्तै अर्का ओपनर अनिल शाह तेस्रो ओभरको पहिलो बलमा १ रन बनाएर आउट भए ।दुवै विकेट अलेई नाओले लिए ।टीयू मैदानमा नेपाल टस जितेर पहिले ब्याटिङ गरिरहेको छ ।







