११ चैत, एजेन्सी ।
बलिउड अभिनेत्री सोनाक्षी सिन्हाविरुद्ध मुद्दा दर्ता भएको छ ।एक भारतीय सञ्चारमाध्यका अनुसार केही दिन अघि एक इभेन्ट म्यानेजरले अभिनेत्रीविरुद्ध धोकाको मुद्दा दर्ता गरेका थिए । तर, सोनाक्षीले त्यो घटनामा झुठो बयान दिएकी थिइन् । घटना मिडियामा सार्वजनिक भएपछि अभिनेत्री सोनाक्षीले आफ्नै झुठो बयानका कारण विवादमा आएकी छन् ।मुरादाबादका इभेन्ज म्यानेजरले सोनाक्षी सिन्हाको आपत्तिजनक बयानविरुद्ध एसिजेएम ५ अदालतमा एक प्रार्थना पत्र दिएका छन् । म्यानेजरले सोनाक्षीले आफ्नो बयानमा उनलाई अपशब्द प्रयोग गरेको जसका कारण उनको छविमा क्षती पुगेको आरोप लगाएका छन् ।यो उजुरी दर्ता भएपछि अदालतले प्रार्थना पत्र स्वीकार गर्दै अप्रिल ४, २०२२ मा सुनुवाईको मिति निश्चित गरेको छ ।








