काठमाण्डौं २ चैत्र ।
नेकपा माओवादी केन्द्रको प्रशिक्षण कार्य बुधबारबाट संघिय राजधानी काठमाण्डौंमा सुरु भएको छ । चुनावको मिति नजिकिँदै गर्दा नेकपा माओवादी केन्द्रले राजनीतिक वैचारिक प्रशिक्षणलाई तीव्रता दिएको हो । दुई महिने चुनावी अभियानमा होमिएको माओवादीले चुनावी कार्यक्रमअनुसार विभिन्न प्रदेशमा बैठक तथा वैचारिक राजनीतिक प्रशिक्षण दिँदै आएको छ । उपत्यका विशेष र सम्पर्क समन्वय समितिका लागि प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षण कार्यक्रम तय गरिएको हो ।
कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देवेन्द्र पौडेललगायतका नेताहरू सहभागी भएका छन् । अध्यक्ष प्रचण्डले सो क्रममा नेता कार्यकर्तालाई वैचारिक राजनीतिक प्रशिक्षण दिने कार्यक्रम रहेको बताइएको छ । माओवादी केन्द्रले बागमती प्रदेश, प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा प्रशिक्षण दिइसकेको छ ।








