९ माघ । चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमडी र एमएसको प्रवेश परीक्षामा संलग्न तीनजना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

अर्कै विद्यार्थीको नाममा परीक्षा दिँदै गरेको भेटिएपछि आइतबार कलंकीको एलआरआई स्कुलबाट दुई भारतीय नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा जितेन्द्रकुमार मिश्रा र शशिभूषण सिंह छन् । तीमध्ये मिश्रा परीक्षा हलबाट समातिएका हुन् भने शशिभूषण उनका सहयोगी हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का अनुसार परीक्षामा मर्यादित कार्य गरेको अभियोगमा कृष्ण मुरारी नेपाली सेनाको स्वास्थ्य विज्ञान प्रतिष्ठान, सानो भर्‍याङबाट पक्राउ परेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here