काठमाडौं– चन्द्रागिरिमा एक युवकको शव भेटिएको छ। चन्द्रागिरि नगरपालिका–४ स्थित चित्लाङ जाने सडकमा युवकको शव भेटिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताए।

मृत भेटिएका व्यक्ति ३० वर्षीय सुजन लामा भन्ने खुलेको खापुङले बताए। प्रारम्भिक अनुसन्धानको क्रममा लडेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here