धनगढी- कैलालीबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर २ बस्ने २७ वर्षीय दिपक बिक, सोही ठाउँका २१ वर्षीय राजेन्द्र कामी रहेका छन्।

उनीको साथबाट ४१ ट्याबलेट नाईट्रोभेट फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

धनगढी उप-महानगरपालिका-३, ट्राफिक चोक स्थित अस्थायी प्रहरी पोष्ट विशालनगरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here